पहिचानको आन्दोलनका क्रममा मारिएका पदम लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

नेपालभ्युज

पहिचानको आन्दोलनका क्रममा मारिएका पदम लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले पहिचानको पक्षमा आन्दोलनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका धरानका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको थियो । कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved