हर्क र बालेनले सम्झाइदिएको ‘सिलाम साक्मा’, यो किन लगाइन्छ ?

सामाजिक सञ्जालमा भाइरल बनेको फोटोबाट पुनः एकपटक ‘सिलाम साक्मा’लाई सबैको जनजिब्रोमा स्थापित गरिदिएको छ। नयाँ पुस्तामा ‘सिलाम साक्मा’बारे थाहा पाउने हुटहुटी जागेको छ। के यसले यमराजलाई रोक्छ त ?

नेपालभ्युज

हर्क र बालेनले सम्झाइदिएको ‘सिलाम साक्मा’, यो किन लगाइन्छ ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) लाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘सिलाम साक्मा’ लगाइदिएपछि यसबारे धेरैलाई चासो बढेको छ।

खानेपानी आयोजनाका लागि बजेट माग्न संघीय राजधानी काठमाडौं आइपुगेका मेयर साम्पाङले बालेनलाई उनकै कार्यकक्षमै भेट्दै ‘सिलाम साक्मा’ लगाइदिएपछि यसको महत्वको बारेका धेरैले चासो राखेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको फोटोबाट पुनः एकपटक ‘सिलाम साक्मा’लाई सबैको जनजिब्रोमा स्थापित गरिदिएको छ। नयाँ पुस्तामा ‘सिलाम साक्मा’बारे थाहा पाउने हुटहुटी जागेको छ। हामीमध्ये पनि धेरैलाई ‘सिलाम साक्मा’ के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ।

हर्कसँगको भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘सिलाम साक्माले मृत्युको बाटो छेके झैँ, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’’ के यसले यमराजलाई रोक्छ त ?

बालेन साह र हर्क साम्पाङबीच पहिलो पटक भेट, के भयो कुराकानी ?

के हो ‘सिलाम साक्मा’ ? यसले के काम गर्छ ?

सिलाम साक्मा मुन्धुम र लिम्बु परम्पराको महत्त्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ। सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुन महिला–पुरुष छातीमा सिलाम साक्मा सजाएर पुग्ने गर्छन्।

लिम्बु जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरिन्छ। बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ।

लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन्। उनी भन्छन्, ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।’’

अधिकांश लिम्बु संघ–संस्थाको लोगो सिलाम साक्मा आकारको छ। घरको सजावटमा पनि यसको प्रयोग गरिन्छ। लिम्बु जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्छन्।

पहिले यो धातु र छालाको बन्ने गर्थ्यो। हतियारको प्रहारबाट रोक्नका लागि प्रयोग हुन्थ्यो। पछि तान्त्रिक रूपमा पूजामा राख्न थालिएको अगुवाहरू बताउँछन्।

‘‘नराम्रो कुरा रोक्नका लागि यसो गरिन्थ्यो। यो बाँस र बेत बाँसबाट पनि बनाइन्थ्यो। पछि धागो र बाँसको बनाउन थालियो। तङसिङमा सहभागीलाई घरमा राख्नका लागि सिलाम साक्मा दिइन्छ। यो महत्त्वपूर्ण परम्पराको निरन्तरता हो’’ जवेगु भन्छन्।

खानेपानीको बजेट माग्दै हर्क साम्पाङको टोली सिंहदरबारमा, माग पूरा नभए धर्ना बस्ने चेतावनी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved