बालेन साह र हर्क साम्पाङबीच पहिलो पटक भेट, के भयो कुराकानी ?

उनले मंगलबार बालेनसँग भेट गरेका हुन्। यसअघि गत भदौमा काठमाडौं आउँदा बालेनले भेट्न नमानेपछि साम्पाङ रिसाएका थिए।

नेपालभ्युज

बालेन साह र हर्क साम्पाङबीच पहिलो पटक भेट, के भयो कुराकानी ?

काठमाडौं। धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै काठमाडौं आएका धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहलाई भेटेका छन्।

धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका भेटिने साम्पाङ अस्ति काठमाडौं आएका थिए।

उनले मंगलबार बालेनसँग भेट गरेका हुन्। यसअघि गत भदौमा काठमाडौं आउँदा बालेनले भेट्न नमानेपछि साम्पाङ रिसाएका थिए।

त्यो बेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र साम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको थियो।

निकै पनि मात्र दुईबीच सम्बन्ध सुधार भएको थियो। दुईबीच पहिलो पटक भेट भएको हो। भेटमा समसामयिक विषयमा छलफल भएको जनाइएको छ। साथै दुई पालिकाबीच सहकार्यको विषयमा समेत छलफल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved