कोशीको सम्बन्धमा माओवादीको निष्कर्ष- पहिचानको पक्षमा अडान राख्न नसक्नु कमजोरी

नेपालभ्युज

कोशीको सम्बन्धमा माओवादीको निष्कर्ष- पहिचानको पक्षमा अडान राख्न नसक्नु कमजोरी

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ ।  बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।

पार्टी निर्णयबारे जानकारी दिदैं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए । उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए।

आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए ।

उनले भने, ‘पूर्वमा कोशी प्रदेश नामाकरण भयो, त्यस विषयमा आन्दोलन उठिरहेको छ  त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो । हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ ।’

उनले अगाडी थपे, ‘आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ । छानबिन भइरहेको छ । के कसरी भएको हो भन्ने सरकारले गर्छ । हामीचाहीँ शहीद घोषणा गर्नुपर्छ । र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ ।’

‘मिटरब्याजीहरुको आन्दोलन चलिरहेको छ त्यो विषयमा हामी मिटरब्याजी पीडितहरुकै पक्षमा छौँ भन्ने कुरा सरकारले छानबिन गर्नुपर्छ र वार्ता, सम्वादबाट समस्याको हल खोज्नुपर्छ, उनले भने ।’

बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनि निर्णय गरेको छ । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीवारसम्म पूर्णता पाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved