खप्तड गोल्डकप : पुलिसलाई पराजित गदै सुदूरपश्चिम ११ सेमिफाईनलमा

नेपालभ्युज

खप्तड गोल्डकप : पुलिसलाई पराजित गदै सुदूरपश्चिम ११ सेमिफाईनलमा

धनगढी । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल पुगेको छ । धनगढी रङ्गशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबमाथि ४-० गोल अन्तरको सानदार जित दर्ता गर्दै आयोजक सुदुरपश्चिम सेमिफाईनलमा पुगेको हो ।

फाईनल प्रवेशका लागि सुदुरपश्चिमले पर्सि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सुदुरपश्चिम ११ को फराकिलो जितमा आयुष श्रेष्ठले ह्याट्रिक गरे । खेलको ३० औं मिनेटमा पहिलो गोल गरेका उनले ५१ औं मिनेटमा दोस्रो र ६३ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलमा स्वयम हार्दिकले एक गोल गरे ।

उनले खेलको ४ मिनेटमै गोल गर्दै सुदुरपश्चिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यो संस्करणको पहिलो ह्याट्रिक गरेका सुदुरपश्चिमका आयुष श्रेष्ठ खेलको म्याच अफ द म्यान भए । आजको खेलसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । बुधबार हुने पहिलो सेमिफाईनलमा मनाङ मस्याङ्दी क्लब र एभिनियर फुटबल क्लब क्यामरुन प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाईनलमा बिहिबार सुदुरपश्चिम ११ र थ्रीस्टार भिड्नेछन् । चैत १८ गते प्रतियोगिताको फाईनल हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved