ललितपुर मेयर्स कप : कोशीको दोस्रो जित

यससँगै कोशीको फाइनल पुग्ने सम्भावना कायम नै छ।

नेपालभ्युज

ललितपुर मेयर्स कप : कोशीको दोस्रो जित

काठमाडौं। ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको हो। यससँगै कोशीको फाइनल पुग्ने सम्भावना कायम नै छ।

८६ रनको लक्ष्य कोशीले २८ बल बाँकी रहँदा १ विकेटको क्षतिमा पूरा गरेको हो। कोशीको लागि काजोल श्रेष्ठले ४० तथा कप्तान रुविना क्षेत्रीले २८ रनको योगदान गरिन्। सुदूरपश्चिमको लागि भने कविता जोशीले १ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १८.५ ओभरमा ८२ रनमा अलआउट भयो।

सुदूरपश्चिमको लागि कप्तान विन्दु रावलले ३० र सम्झना खड्काले १६ रन जोडिन्। सुदूरपश्चिमलाई प्याक गर्न अप्सरी बेगम र रुबिना क्षेत्रीले ३–३ तथा ज्योति दनुवारले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved