आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

नेपालभ्युज

आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने
सांकेतिक तश्वीर

काठमाडौं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित  वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ ।

लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका बाँकी भू-भागमामा भने मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved