मेयर्स कप : कोशीको विजयी सुरुवात

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशीले ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गरेको हो।

नेपालभ्युज

मेयर्स कप : कोशीको विजयी सुरुवात

काठमाडौं। ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेट प्रतियोगितामा कोशीले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशीले ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गरेको हो।

६६ रनको झिनो लक्ष्य कोशीले ४८ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्‍यो। कोशीको लागि अप्सरी बेगमले अविजित २९ र कप्तान रुबिना क्षेत्रीले १३ रन बनाइन्।

ललितपुरको लागि अस्मिना कर्मचार्यले २ र कृतिका मरासैनीले १ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको ललितपुर १६.५ बलमा ६५ रनमा अलआउट भयो। ललितपुरको लागि लक्ष्मी चौधरीले २३ र मनीषा उपाध्यायले अविजित १० रन बनाइन्। ललितपुरका ७ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

ललितपुरलाई प्याक गर्न निशा शाहले ३, अपसरी बेगमले २ तथा अलिशा खडिया र सबनम राईले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved