मेयर्स कप महिला क्रिकेट : एपीएफको लगातार दोस्रो जित

नेपालभ्युज

मेयर्स कप महिला क्रिकेट : एपीएफको लगातार दोस्रो जित

काठमाडौं। ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको हो।

१२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभरमा ६ विकेट क्षतिमा मात्र १०६ रन बनायो। सुदूरपश्चिमका लागि कविता कुँवरले ६० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन।

कविता जोशी भने २७ रनमा अविजित रहिन्। एपीएफको लागि सुमन विष्टले २ तथा इन्दु बर्मा र सीता राना मगरले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर २ रनको क्षतिमा १२१ बनायो।

एपीएफको लागि सीता राना मगरले अविजित ५२ र इन्दु बर्माले ४५ रन बनाइन्। सीताले ५७ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरिन्।

ज्योति पाण्डेले १३ रन जोड्दा ममता चौधरी ३ रनमा अविजित रहिन्। सुदूरपश्चिमको लागि ईश्वरी विष्टले १ विकेट लिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved