कांग्रेसले ‘ग्यारेन्टी’ दियो, बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

नेपाली कांग्रेस आलोपालो सरकार चलाउने विषयमा लिखित सम्झौताको अडान राखेको थियो । त्यस्तै एमालेका मन्त्रीहरुको बहिर्गमनलाई पनि सर्त बनाएको थियो ।

नेपालभ्युज

कांग्रेसले ‘ग्यारेन्टी’ दियो, बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । यसअघि बुधबार विश्वासको मत लिने कार्यसूची सहित प्रदेशसभा बैठक बोलाइए पनि नेपाली कांग्रेस अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

नेपाली कांग्रेस आलोपालो सरकार चलाउने विषयमा लिखित सम्झौताको अडान राखेको थियो । त्यस्तै एमालेका मन्त्रीहरुको बहिर्गमनलाई पनि सर्त बनाएको थियो ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले केन्द्रमा गठबन्धन फेरिएसँगै दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेपाली कांग्रेसले मत दिने ग्यारेन्टी गरेकाले आज विश्वासको मत लिन लागिएको माओवादी नेताहरुले बताएका छन् ।

१ सय १० सदस्यीय प्रदेशसभामा यसअघि जम्कट्टेलले नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १ सय ५ जना सांसदको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved