औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

नेपालभ्युज

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ । औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।

केमिकल एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील विकले बताए । ट्रक रूपन्देहीको बेलहिया नाका हुँदै भारतबाट आएको थियो ।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved