कतारका अमिरको सवारी हुँदा सडक पुरै खाली, सर्वसाधारण लामो जाममा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सवारीको क्रममा काठमाडौं उपत्यकाका केही ठाउँमा सवारी जाम भएको छ ।

नेपालभ्युज

कतारका अमिरको सवारी हुँदा सडक पुरै खाली, सर्वसाधारण लामो जाममा

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सवारीको क्रममा काठमाडौं उपत्यकाका केही ठाउँमा सवारी जाम भएको छ ।

विमानस्थलबाट बाहिरिएर राजा थानी सिधै राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । उनको सवारीको क्रममा विमानस्थलदेखि नयाँ बानेश्वर हुँदै शीतल निवाससम्म जाने सडक पूर्ण रुपमा खाली गराइएको थियो ।

सो क्रममा सडकमा सवारीको लामो जाम परेको छ । यद्यपी अहिले पनि त्यसको प्रभाव जारी छ । सर्वसाधारण लामो जाममा परेका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र अमिर अल थानीबीच भेटवार्ता भएको छ ।

त्यसअघि, विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरूले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

अमिर अल थानी अब सोल्टीमोडस्थित होटल सोल्टी जानेछन् । त्यो क्रममा शीतलनिवासदेखी त्यहाँसम्मको सडक खाली गराइनेछ । अमिर अल थानीको सम्मानमा राष्ट्रपति पौडेलले रात्रि भोजको आयोजना गरेका छन् । अमिर अल थानी सोही होटलमा बस्नेछन् ।

कतारका अमिर अल थानी र प्रधानमन्त्री प्रचण्डबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved