आरआर क्याम्पसले छलफलका लागी बोलायो विद्यार्थी संगठन

नेपालभ्युज

आरआर क्याम्पसले छलफलका लागी बोलायो विद्यार्थी संगठन

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई छलफलमा बोलाएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले क्याम्पसमा  गत फागुन २७ गते ताला लगाएपछि क्याम्पस प्रमुख प्रा.डा.जीवनधर ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै  ताला खोल्न तथा छलफलमा आउन आग्रह गरेका हुन् ।

‘बिगतको दिनमा उत्पन्न भएको घटनाहरुलाई आ-आफ्नो पक्षबाट समीक्षा गर्दै गल्ती कमजोरी सुधार गर्दै स्ववियु निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विद्यार्थी संगठनलाई शान्तिपूर्वक संवाद, वार्ता, छलफलमा आउन हार्दीक अपिल गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved