मन्त्री किरातीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

नेपालभ्युज

मन्त्री किरातीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक
फाइल फोटो

काठमाडौं ।  सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको शब्द रचना रहेको गीत ‘पहराकी फूल’ सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भएपनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताए । उनले आफू मन्त्री भएको ६२ दिन भएको तरपनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताए  ।

उनले भने, ‘गणतन्त्र त ल्याइयो तर समाजमा अझै गणतन्त्रको जरो गाड्न सकिएको रहेनछ, म मन्त्री भएको ६२ दिन भयो, यो बीचमा गाडी छ, गुरु जी छ, इन्जिन छ, तेल पनि छ, स्टार्ट पनि हुन्छ तर धुवाँ मात्रै छोड्छ हल्ला मात्रै गर्छ अघि बढ्दै बढ्दैन, पछि झरेर आफैँले ठेल्नुपर्छ ।’

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको बताए । उनले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताए । कार्यक्रममा बोल्दै निर्देशक शान्तिराम राईले चुनावअघिबाट गीत शुरु गरेपनि आज आएर गीत सार्वजनिक गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे  ।

गीतमा रुपकुमार राईको स्वर रहेको छ भने शब्द मन्त्री किराँतीको रहेको छ । भिडियोमा अभिनेता राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved