आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको  पूर्वानुमान् महाशाखाले जनाएको छ ।

नेपालभ्युज

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। आज आइतबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको  पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान् महाशाखाले आफ्नो नियमित बुलेटिनमा सोमबारसम्मै मौसम पुरै सफा नहुने सम्भावना रहेको बताएको छ । विहान केहिबेर मौसम सफा भएपनि दिउँसो पुन बदली भएर पानी पर्न थाल्नेछ ।

राती पनि  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved