नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

नेपालभ्युज

नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं । भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबीच टेलिफोन वार्ता भएको छ ।

कार्यभार सम्हालेकोमा बधाई दिन भारतीय राष्ट्रपति मुर्मुले समकक्षी पौडैललाई शुक्रबार बेलुका टेलिफोन गरेकी हुन् ।

दुवै राष्ट्रपतिले नेपाल र भारतबीच अनुपम र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरेका थिए ।

भारतीय राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा टेलिफोन वार्ताका क्रममा द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने तथा दुई देशका जनताबीचको मित्रता थप सुदृढ गराउने उपायबारे छलफल भएको उल्लेख छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने भारतीय समकक्षी मुर्मुले विश्वास व्यक्त गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved