२४.६८ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १६ करोड

नेपालभ्युज

२४.६८ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १६ करोड

काठमाडौं। सोमबार सेयर बजार नेप्से २४.६८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार दोहोरो अंकले घटेर बजार परिसूचक १९५१.२१ को विन्दुमा आइपुगेको हो ।

सोमबार दोस्रो बजारमा कारोबारमा आएका २५६ कम्पनी मध्ये १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

आज कुल ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८ सय ५० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबर रह्यो ।

सोमबारको दोस्रो बजारमा शुभम् पावर लिमिटेड, युनिक नेपाल लघुवित्त र ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ता बजारबाट नाफा कमाउनेमा परे भने खप्तड लघुवित्त, आदर्श लघुवित्त र हिमालयन बैंकका लगानीकर्ताले बजारबाट धेरै गुमाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved