नर्दन मारियाना आइल्यान्डलाई नेपालले ६ गोल हान्यो,  दोस्रो चरणको लागि छनोट

नेपालभ्युज

नर्दन मारियाना आइल्यान्डलाई नेपालले ६ गोल हान्यो,  दोस्रो चरणको लागि छनोट

काठमाडौं।  एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–०  गोल अन्तरले हराएको छ ।

फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० गोल अन्तरले हराएको हो । नेपालका लागि दीपा शाही र सारा बज्राचार्यले २/२ गोल गरिन् भने सरस्वती हमाल र जेनेफेर रानाले १/१ गोल गरे

यसअघि नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको थियो । यो जितसँगै समूह ‘बी’ रहेको नेपाल २ खेलमा ६ अङ्कसहित दोस्रो चरणमा छनोट भएको छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।

पहिलो चरणबाट आठ वटा समूहका विजेता टोली दोस्रो चरणमा जानेछन् । दोस्रो चरणमा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दोस्रो चरणका उत्कृष्ट चार वटा टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved