स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड

नेपालभ्युज

स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड

तेहरान । इरानले एक जना स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड सजायको पुष्टि गरको छ ।

टर्कीको एक विमानस्थलबाट बेपत्ता भएका हबीब फराजोल्लाह चाबलाई मृत्युदण्डको सजाय भएको इरानी न्यायालयले आज पुष्टि गरेको हो ।

न्यायपालिकाको मिजान अनलाईन वेबसाइटका अनुसार चाबलाई हरकत अल निदाल नामको विद्रोही समूहको गठन, व्यवस्थापन तथा नेतृत्व गरेको तथा खुजेस्तान प्रान्तमा धेरै आतङ्कवादी आक्रमणको योजना एवम् कार्यान्वयन गरेको आरोपमा सुनाइएको मृत्युदण्डको सजाय सर्वोच्च अदालतले अनुमोदन गरेको हो ।

एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved