ए डिभिजन लिग : आर्मीले मछिन्द्रलाई हरायो

नेपालभ्युज

ए डिभिजन लिग : आर्मीले मछिन्द्रलाई हरायो

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ ।

च्यासल रंगशालामा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

आर्मीका लागि दिपक गुरुङले ४८ औँ र नवयुग श्रेष्ठले ५९ औँ मिनेटमा गोल गरेका थिए ।

यससँगै आर्मीले ३ अंक जोडेको छ । मछिन्द्रको भने यो लगातार दोस्रो पराजय हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved