नेप्सेमा उछाल, कारोबार रकम पनि बढ्यो

नेपालभ्युज

नेप्सेमा उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं। लगातार घट्दै गएको सेयर बजारमा बिहीबार सकारात्मक प्रभाव पारेको छ । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले  बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।

बिहीबार  ५०.०४ अंकले वृद्धि हुँदा नेप्से २००२.७० अंकमा बन्द भएको छ । नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ ।

बिहीबार हाइड्रोपावर उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी लगानी र जीवन बिमा उपसूचक ३ प्रतिशत माथिले वृद्धि भएको छ । त्यस्तै, विकास बैंक, लघुवित्त र निर्जीवन बिमा उपसूचक पनि करिब ३ प्रतिशतले वृद्धि भएको छ ।

३८ हजार १३१ वटा कारोबारमा ४५ लाख ६६ हजार ४३ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा २१८ कम्पनीको सेयर कारोबार भएकोमा २१३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै, २ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved