अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा भगवतीले अमेरिकी रेस्लर सादिकालाई हराइन्

नेपालभ्युज

अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा भगवतीले अमेरिकी रेस्लर सादिकालाई हराइन्

काठमाडौं। अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा नेपाली रेस्लर भगवती खड्का (युनिका) ले जित हासिल गरेकी छन ।

भक्तपुरको सल्लाहघारीमा सोमबार भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी रेस्लर सादिकालाई पराजित गरेकी हुन् ।

होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित हात पारे ।

रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर)ले पाकिस्तानका अली खानलाई पाखा लगाए ।

जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

वि.सं. २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved