शम्भुनाथ नगरपालिकाका प्रमुख गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शम्भुनाथ नगरपालिकाका प्रमुख गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता विरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साह विरुद्ध  मुद्दा  दायर गरेको  हो ।

अख्तियारको इटहरी स्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा नगर प्रमुख गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

घूस लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएसँगै नगर प्रमुख गुप्ता निलम्बित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved