पल शाह रिहा हुँदा तनहुँ कारागार बाहिर थामिनसक्नु भीड

तनहुँ कारागारबाट अभिनेता पल शाह रिहाइ हुँदै गर्दा जिल्ला कारागार वरपर भीड बढेको छ। कारागार बाहिर आएका फ्यानलाई हेरेर अभिवादन गर्दै पल शाह खुसी देखिएका छन्।

नेपालभ्युज

पल शाह रिहा हुँदा तनहुँ कारागार बाहिर थामिनसक्नु भीड

काठमाडौं। तनहुँ कारागारबाट अभिनेता पल शाह रिहाइ हुँदै गर्दा जिल्ला कारागार वरपर भीड बढेको छ। कारागार बाहिर आएका फ्यानलाई हेरेर अभिवादन गर्दै पल शाह खुसी देखिएका छन्।

कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद।’

कारागारबाट निस्कँदा परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा छन्। पल शाह आज पोखरा लाग्नेछन्। आज पोखरामा आराम गरेर भोलि काठमाडौं आइपुग्ने पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र सङ्गीतकर्मी देखिएका छन्।

बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved