झलनाथको आह्वान- वामपन्थी दलहरू एकठाउँ उभि‍औँ

नेपालभ्युज

झलनाथको आह्वान- वामपन्थी दलहरू एकठाउँ उभि‍औँ

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी दलहरू एकठाउँ उभिन आह्वान गरेका छन् ।

आइतबार (आज) सुर्खेत आएका उनले भनेका छन्, ‘वामपन्थी दलहरू एकठाउँमा आएमात्रै चाहेको परिवर्तन हुनसक्छ । अन्तत: वामपन्थीहरू एकठाउँ उभिनैपर्छ ।’

एकीकृत समाजवादी नीति, सिद्धान्त र लक्ष्य मिलेमा जुनसुकै दलसँग पनि एकीकरण गर्न तयार रहेको उनले बताए । ‘वामपन्थी दलहरूबीच मोर्चाबन्दी गरेर जाने कुरामा हाम्रो पार्टी सधैँ खुला छ । वामपन्थीहरू एकठाउँमा आउनुपर्छ, यसरी सोच्नुपर्छ,’ उनले भने ।

मुख्य दलहरू शक्ति आर्जनका लागि र्‍याल काढेर हिँडेको उल्लेख गर्दै उनले सत्ताका लागि ढोका ढक्ढकाएर हिँड्ने प्रवृत्तिमा आफू नभएको दाबीसमेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved