राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी भए जनतालाई मुख देखाउन सकिन्न : रेखा थापा

नेपालभ्युज

राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी भए जनतालाई मुख देखाउन सकिन्न : रेखा थापा
रेखा थापा, अभिनेत्री

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य रेखा थापाले राष्ट्रपतिको चुनावमा आफ्नो पार्टी सहभागी भए जनताको अगाडी मुख देखाउन गाह्रो  हुने बताएकी छिन्।

राष्ट्रपतिबारे निर्णय लिन बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले पार्टी यो प्रक्रियामै सहभागी हुन नहुने राय व्यक्त गरेकी हुन् ।

नेपाली चलचित्रकी हिम्मतवाली नायीका समेत रहेकी थापाले राष्ट्रपतिको चुनावमा सहमति जनाएलगत्तै आफूहरूले एजेन्डा छाड्नुपर्नेसमेत बताइन्। हिन्दू राष्ट्र कायम गर्ने, राजसंस्था पुनर्स्थापना गर्ने र प्रदेश खारेज गर्ने जस्ता एजेन्डासहित राप्रपाको स्थापना भएको उनको तर्क थियो।

उनले राष्ट्रपतिको चुनावमा सहभागी जनाउँदा राप्रपाले आफ्ना उक्त एजेन्डामा सम्झौता गर्नुपर्ने र त्यसले जनतामा नकारात्मक प्रभाव पर्नेसमेत जनाइन्। हामी एउटा सिद्धान्त बोकेर जमिनमा गएको मान्छे।जनताको घरआँगनमा गएको मान्छे ।

अहिले ठ्याक्कै व्यवहार अलग हुँदाखेरि भोलि कुन मुख लिएर जनतामाँझ जाने ? जनतालाई के जवाफ दिने ? उनले पार्टी बैठकमा प्रश्न गरिन्।

नेतृ थापाले दुई चारजना व्यक्तिको चाहनाअनुरूप देश र पार्टी नचल्ने भन्दै पार्टीको सिद्धान्तलाई मध्यनजर गरेर अघि बढ्नुपर्ने बताइन्।उनले पार्टीको सिद्धान्तविपरीत व्यक्तिगत इच्छा र व्यक्तिगत चाहनाअनुसार अघि बढ्न हुँदैन भनिन् ।उनले जनताकोे जनादेशलाई निर्णायक बनाएर अघि बढ्ने अपेक्षासहित राप्रपालाई एकल हिसाबले लिड गरेर अघि बढ्ने पार्टी बनाउने चाहना रहेको समेत बताइन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved