राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको महाधिवेशन सुरु

नेपालभ्युज

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको महाधिवेशन सुरु

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आजदेखि धादिङवेसीमा सुरु भएको छ। नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आइतबार सकिनेछ।

प्रतिष्ठानका आठौं महाधिवेशन एवं २२औं साधारणसभाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री जमरकट्टेलले मुलुकको विकासमा संगीतको योगदान महत्त्वपूर्ण रहेको बताए।

उनले आफू पनि लोक तथा दोहोरी गीतको श्रोता रहेको भन्दै सांस्कृतिक पक्षको सम्बर्द्धनका लागि लोकसंगीतको भूमिका महत्त्वपूर्ण रहेको कुरा दोहोर्‍याए ।

महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटक उपाध्यक्ष पशुपति शर्मा र लोक गायिका रीता थापा मगरले अध्यक्षको दाबी गरेका छन् । रिता थापालाई संस्थापन पक्षले अध्यक्षको उम्मेदवारको रूपमा अघि सारेको छ भने शर्मा पनि आकांक्षी छन् ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरू, मानार्थ सदस्यहरू र केन्द्रीय समितिसहितका प्रतिनिधि उपस्थित छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved