स्पट फिक्सिङ : तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपालभ्युज

स्पट फिक्सिङ : तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल टी २० लिगमा ‘स्पट फिक्सिङ’का आरोपी तीन खेलाडीलाई  धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

मंगलबार न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले  महबुब आलम, मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीहरुसँग जनही तीन लाख रुपैयाँ धरौटी माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फागुन ५ गते मुद्दा दर्ता गरेको थियो। प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेको नवीन कँडेल र रवि माझी भने फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved