स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्दा दर्ता, मुख्य योजनाकारविरुद्ध दर्ता भएन अभियोजन

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो।

नेपालभ्युज

स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्दा दर्ता, मुख्य योजनाकारविरुद्ध दर्ता भएन अभियोजन

काठमाडौं। गत पुसमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा जिल्ला वकिलको कार्यालय काठमाडौंले ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्वाभाविक परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो।

उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ। यस अनुसार यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । लेनदेनको रकम खुले त्यो समेत जफत हुने व्यवस्था छ।

म्याच फिक्सिङ प्रकरण- प्रमाणित भए संलग्नलाई पाँच वर्षसम्म कैद

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको छानबिन समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको बताएको थियो।

तीमध्ये आलमद्वयसहित वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउ परेका छन्। काठमाडौं नाइट्स टिमका को–वोनर नविन कँडेल र सप्तरीका रवि माझीलाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ। बाँकी ७ जनाको नाम, थर र वतन खुलेपछि मुद्दा दायर गरिने जिल्ला वकिलको कार्यालयले जनाएको छ।

स्पट फिक्सिङ- सीआईबीले बनायो १२ जनालाई प्रतिवादी, थ्री स्पोर्टसका मालिक मुख्य अभियुक्त

मुख्य योजनाकारविरुद्ध दर्ता भएन अभियोजन

यो कसुरमा संलग्नताको मुख्य आरोप लागेका भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का निर्देशक जतिन अहलुवालियाविरुद्ध मुद्दा दायर भएको छैन।

उनी र प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानी, तथा अन्य भारतीय नागरिकहरू समिर शेख, वीरेन्द्र साह, विकास ध्यानी, प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली विराटनगर सुपर किंग्सका मालिक राहुल शर्मा र कप्तान एन्ड्रे म्याकार्थी (वेस्ट इन्डिज) पछि नेपालभित्रबाट पक्राउ परे वा उनीहरूको ठेगाना खुलेमा थप अभियोजन गर्ने गरी मुद्दा दर्ता भएको बताइएको छ।

म्याच फिक्सिङ प्रकरण – चारवटा टिमका व्यवस्थापककै संलग्नता रहेको सीआइबीको निष्कर्ष

सीआईबी अनुसन्धान – स्पट फिक्सिङका लागि १० लाखसम्मको प्रस्ताव


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved