स्पट फिक्सिङ- सीआईबीले बनायो १२ जनालाई प्रतिवादी, थ्री स्पोर्टसका मालिक मुख्य अभियुक्त

नेपाल टी–२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले अनुसन्धान पूरा गर्दै १२ जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए।

नेपालभ्युज

स्पट फिक्सिङ- सीआईबीले बनायो १२ जनालाई प्रतिवादी, थ्री स्पोर्टसका मालिक मुख्य अभियुक्त

काठमाडौं। नेपाल टी–२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले अनुसन्धान पूरा गर्दै १२ जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए।

१२ प्रतिवादीमा सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया मुख्य अभियुक्त छन्। नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी अभियुक्त छन्। रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई पनि प्रतिवादी बनाएको हो।

लिगका खेलमा स्पट फिक्सिङ गरेको आरोपमा तीन जना मात्र पक्राउ परेका छन्। नितेश गुप्ता, पूर्वखेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलम हिरासतमा छन्। अरू ९ प्रतिवादी फरार छन्।

सीआईबीले अभियुक्तहरूलाई राष्ट्रिय खेलकुद विकास ऐनअनुसार प्रतिवादीलाई सजायको माग दाबी गरेको छ। उक्त ऐनको दफा ३१ मा खेलमा कुनै समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन भनिएको छ।

त्यस्तै, खेलमा मिलेमतो तथा अनियमितता गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। यस्तै, ऐनमा कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था छ।

नेपाल क्रिकेट संघले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरी लिग सञ्चालन गरेको थियो। यसको मुख्य प्रायोजक पनि बेटिङ कम्पनी वान एक्स बेटबाट सञ्चालन हुने वान एक्स ब्याट थियो। जसले गर्दा पनि लिगमा बेटिङ र स्पट फिक्सिङ भएको शंका भएको थियो। अनुसन्धानपछि फिक्सिङ भएको पुष्टि भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved