आत्मदाह गरेका प्रेम आचार्यको घर पुगेर आएपछि विश्वप्रकाशका ४ सुझाव

नेपालभ्युज

आत्मदाह गरेका प्रेम आचार्यको घर पुगेर आएपछि विश्वप्रकाशका ४ सुझाव

काठमाडौं। नेपाली कांग्रेसा महामन्त्री एवं झापा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्महत्या न्यूनीकरणका लागि राष्ट्रिय विमर्शको आवश्यकता औँल्याएका छन्।

महामन्त्री शर्माले त्यसका लागि चारवटा महत्त्वपूर्ण विषयसमेत उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शर्माले आत्महत्या न्यूनीकरणका लागि राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यका लागि गम्भीर विमर्शको आवश्यकता औंल्याएका हुन्।

गत माघ १० गते संसद् भवनबाहिर आफैंले शरीरमा आगो लगाएर आत्महत्या गरेका प्रेमप्रसाद आचार्यको घर (इलाम) पुगेर फर्किएको जानकारीसमेत दिँदै उनले सुन्नेका लागि आत्महत्या केवल एउटा मृत्यु भए पनि भोग्ने परिवारका लागि पीडाको आकार ठूलो भएको समेत बताए ।

राज्यले चारवटा विषयमा गम्भीर नबन्ने हो भने यस्ता घटना बढ्दै जाने उनको तर्क थियो ।‘यी चार गहन विषयमा राष्ट्रिय विमर्श जरुरी छ,’ उनले भने, ‘यसका लागि सरकारको ध्यानाकर्षण गराउँदै दलहरू, मिडिया र समाजलाई अपिल गर्दछु।’

मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व, व्यक्तिको आकांक्षा र परिवेश बीचको असन्तुलन आत्महत्याको मुख्य कारण भए पनि असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दल र असल समाजको कर्तव्य भएको महामन्त्री शर्माको भनाइ थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved