नेपाल र भारतीय महिला फुटबल टोलीको मैत्रीपूर्ण खेल आज

नेपालभ्युज

 नेपाल र भारतीय महिला फुटबल टोलीको मैत्रीपूर्ण खेल आज

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल बेलुका पौने ८ बजे चेन्नइको जवाहरलाल नेहरू स्टेडियममा सुरु हुनेछ ।

नेपालको कप्तानी गोलकिपर एन्जिला सुब्बाले गरेकी छिन् भने मुख्य प्रशिक्षकमा अनन्त राज थापा रहेका छन् । गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved