केपी ओली कपको खेल तालिका सार्वजनिक, उद्घाटनमा पुलिस र सातदोबाटो भिड्दै

नेपालभ्युज

केपी ओली कपको खेल तालिका सार्वजनिक, उद्घाटनमा पुलिस र सातदोबाटो भिड्दै

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गरिएको हो।

फागुन ११ देखि १७ सम्म संचालन हुने प्रतियोगितामा आयोजक क्लब केपी ओली फुटबल क्लब र ७ ‘ए’ डिभिजनबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनलबाहेकका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गरिनेछ।

उद्घाटन खेलमा भने नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब आमने-सामने हुनेछन्। १७ गते हुने फाइनल खेल भने दशरथ रंगशालमा खेलाइनेछ ।

फागुन १२ मा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी तथा मच्छिन्द्र र चर्च ब्वाइज भिड्नेछन्। आयोजक केपी ओली एफसी र जावलाखेलबीच फागुन १३ गते प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको पहिलो सेमिफाइनल फागुन १४ र दोस्रो सेमिफाइनल फागुन १५ मा हुनेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक खेल विजेता टोलीले २५ हजार, म्यान अफ द म्याचले १५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा उत्कृष्ट गोलरक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved