चिकित्सक संघको आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति

नेपालभ्युज

चिकित्सक संघको आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति

काठमाडौं। नेपाल चिकित्सक संघले सरकारसँग सहमति भएपछि पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।

वार्तामा चिकित्सक कुटिएको घटनाबारे एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस सहमति :

शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा ठप्प पारेको थियो । जसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी अलपत्र परेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved