साफ यू–२० महिला फाइनल : नेपाल २ गोलले पछाडि

नेपालभ्युज

साफ यू–२० महिला फाइनल : नेपाल २ गोलले पछाडि

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपाल २ गोलले पछाडि परेको छ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफमा बङ्गलादेशले नेपालमाथि २ गोलको अग्रता लिएको हो।

बङ्गलादेशको लागि शाहेदा अक्तर रिपा र शामसुनाहरले गोल गरे।

खेलको ४२ औँ मिनेटमा रिपाले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन्। इन्ज्यूरी समयमा शामसुनाहरले बङ्गलादेशको लागि दोस्रो गोल गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved