माओवादी केन्द्रीय समितिमा ५ सय ८७ जना (सूचीसहित)

नेपालभ्युज

माओवादी केन्द्रीय समितिमा ५ सय ८७ जना (सूचीसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रले सार्वजनिक गरेको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ सय ८७ जना छन्।

माओवादीको पछिल्लो स्थायी समिति बैठकले वैकल्पिकसहित ५८७ जनाको केन्द्रीय समिति बनाएको हो। माओवादीको पदाधिकारीमा २२ जना रहेका छन्। यस्तै स्थायी कमिटीमा ४४ जना छन्।

केन्द्रीय सदस्य ३८५ जना र वैकल्पिक केन्द्रीय सदस्य २०२ जना रहेका छन्। हालै राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित भएकी उर्मिला अर्याललाई समेत स्थायी समितिमा राखिएको छ। यद्यपि उनले राजीनामा दिईसकेकी छन्।

केन्द्रीय समितिमा ३८६ को नाम भएपनि २४६ नम्बरमा रहेका चितवनका यमबहादुर परियार एमालेमा छन्। भूलवस उनको नाम समावेश भएको माओवादीले बताएको छ।

अध्यक्ष प्रचण्ड पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपाध्यक्षमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन्।

यसैगरी महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवमा गिरिराजमणी पोखरेल, बर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव छन्।

माओवादीले सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्कीलाई जिम्मेवारी दिएको छ। श्रीराम ढकाल कोषाध्यक्ष छन्।

हेर्नुहोस केन्द्रीय समितिको सूची :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved