साफ यू–२० महिला : भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपालभ्युज

साफ यू–२० महिला : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। साफ यू–२० महिला फुटबल प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ।

मंगलबार ढाकामा भएको खेलमा नेपालले चीरप्रतिद्वन्द्वी भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै ३ खेलबाट ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालका लागि भने अञ्जली चन्द, प्रीति राई र अमिशा कार्कीले गोल गरे। भारतको लागि अपूर्णा नार्जरीले गोल गरिन् ।

खेलको २०औँ मिनेटमा अपूर्णाले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। ४८औँ मिनेटमा नेपालको लागि अञ्जलीले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याइन्। ६९ मिनेटमा प्रीतिले पेनाल्टीमा गोल गरिन्। ८९औँ मिनेटमा अमिशाले गोल गरिन्।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, भुटान र भारतको सहभागिता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved