मुवाथाईको ‘विश्व च्याम्पियनसिप’ मा ३ नेपाली खेलाडीले बनाए कीर्तिमान

नेपालभ्युज

मुवाथाईको ‘विश्व च्याम्पियनसिप’ मा ३ नेपाली खेलाडीले बनाए कीर्तिमान

काठमाडौं । डब्लूबीसी मुवाथाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले द्वितीय स्थान हासिल गर्दै कीर्तिमान बनाउन सफल भएका छन् ।

थाइल्यान्डमा आयोजना भएको च्याम्पियनसिपमा मुवाथाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङले समान रेकर्ड राख्न सफल भएका हुन् ।

नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए । तीनै जनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भएको सचिव दीपक तामाङले बताए ।

थाइल्यान्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा खेलाडिहरूको व्यवस्थापनका लागी टिम म्यानेजर का रूपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरूसँगै थाइल्यान्ड पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved