बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

नेपालभ्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैंयाले बढाइएको निगमद्वारा जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमका अनुसार  नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम हुनेछ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको बताएको छ ।

हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ र हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ रहेको निगमको जारी विज्ञप्तिमा जनाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved