टर्कीमा फेरि गयो ठूलो भूकम्प, पहिलो भूकम्पबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पले जनधनको ठुलो क्षति गरिरहँदा झण्डै उत्रै खालको अर्को भूकम्प गएको हो । भूकम्पले सिरियामा पनि ठुलो विश्वंस गरेको छ ।

नेपालभ्युज

टर्कीमा फेरि गयो ठूलो भूकम्प, पहिलो भूकम्पबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

काठमाडौं । टर्कीमा फेरि अर्को ठूलो भूकम्प गएको छ । ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पले जनधनको ठुलो क्षति गरिरहँदा झण्डै उत्रै खालको अर्को भूकम्प गएको बीबीसीले जनाएको छ ।

अमेरिकी भूगर्भ विभागका अनुसार टर्कीमा केहीबेर अघि ७ दशमलब ५ म्याग्निच्यूटको ठुलो भूकम्प गएको छ । यसको केन्द्रबिन्दु दक्षिणपूर्वी क्षेत्रको कहरामनमारस शहर नजिकै रहेको बताइएको छ ।

अघिल्लो भूकम्पपछि ५ म्याग्निच्यूटभन्दा माथिका सयौं परकम्प गइरहेका थिए । त्यही बीचमा अर्को ठुलो भूकम्पले हल्लाएको हो ।

पहिलो भूकम्पका कारण मृत्यु हुनेको संख्या १२ सय भन्दा बढि पुगेको छ । ५ हजार ३ सय भन्दा धेरै घाइते भएका छन् । भूकम्पले सिरियामा पनि ठुलो विश्वंस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved