४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने

नेपालभ्युज

४० देशले पेरिस ओलम्पिक बहिष्कार गर्न सक्ने

एजेन्सी। पोल्यान्डका खेलकुद तथा पर्यटनमन्त्री कामिल बोर्टनिकजुकले पेरिस ओलम्पिक ४० देशले बहिष्कार गर्न सक्ने बताएका छन् । उनले ती देशहरूले ओलम्पिकका सम्पूर्ण प्रतियोगिताहरू अर्थहिन बनाउनसक्ने बताएका हुन् । पछि पोल्यान्ड, लिथुआनिया, इस्टोनिया र लाटभियाले संयुक्तरूपमा रसियालाई पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न दिने अनुमतिलाई अस्वीकार गरेका थिए ।

त्यसपछि रसियाका खेलकुद मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । यता युक्रेनले पनि रसियाको सहभागिता हुने भए पेरिस ओलम्पिक बहिष्कार गर्ने बताएको छ । बोर्टनिकजुकले १० फेब्रुअरी बस्ने ओलम्पिकको बैठक अघि रसियाको सहभागिता गर्न नदिन इङ्ल्यान्ड, अमेरिका र क्यानडा सहितको ४० देशहरूले समर्थन जनाउने बताएका छन् ।

‘मलाई लाग्दैन कि ओलम्पिक अघि केही कडा निर्णयहरु लिन बाध्य हुनेछौं । हामीले ओलम्पिकका खेलहरू बहिष्कार गर्नेछौं । हामीले जुन खेलहरु बहिष्कार गर्नेछौं हाम्रो समर्थनमा रहेका देशरुले पनि बहिष्कार गर्नेछन्,’ उनले भने ।

ओलम्पिकले रसिया र बेलारुसको खेलाडीहरूलाई तटस्थ झण्डामुनि रहेर पेसिर ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved