सर्वोच्च प्रशासनले दरपीठ गर्‍यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै परेको रिट

नेपालभ्युज

सर्वोच्च प्रशासनले दरपीठ गर्‍यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै परेको रिट

काठमाडौँ । सर्वोच्च प्रशासनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै परेको रिट दरपीठ गरेको छ ।

सर्वोच्च प्रशासनले रिट दरपीठ गर्दै संविधानको धारा ६३ ले राष्ट्रपतिको र धारा ६९ ले देखाउँदै रिट दर्ता नगरेको हो । उक्त धाराहरूले उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार निर्वाचन आयोगले पदावधि सकिनु अगावै राष्ट्रपतिको निर्वाचन २०७९ साल फागुन २५ र उपराष्ट्रपतिको २०७९ साल चैत ३ गते गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।

उक्त रिट दरपीठ गर्दै सर्वोच्चले भनेको छ, ‘आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति सम्बन्धी ऐन, २०७४ को दफा ४ र ५ को विपरीत राष्ट्रपतिको मिति २०७९/ ११ /२५ मा र उपराष्ट्रपतिको मिति २०७२/१२/०३ मा निर्वाचन गर्ने निर्णय र त्यससम्बन्धी मिति २०७९/१०/१६ मा जारी गरिएको प्रेस विज्ञप्ति र निर्वाचन कार्यतालिका समेत उत्प्रेषणको आदेशले बदर गरी राष्ट्रपति तथा उपराष्ट्रपति सम्बन्धी ऐन, २०७४ को दफा ४ र ५ मा व्यवस्थित कानूनी व्यवस्था बमोजिम निर्वाचन गर्नु गराउनु भनी परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भनी प्रस्तुत निवेदन लिई आएको देखियो ।….. दरपीठ गरी दिइएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved