नेप्सेमा २२ अंकको गिरावट

नेपालभ्युज

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्सेमा २२ अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन नेप्से नकारात्मक हुँदा २ हजार अंकको बिन्दुमा झरेको छ ।

८ पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेको नेप्से त्यसपछि भने बजारमा उताचढाव देखिए पनि नेप्से घट्दै बिहीबार पुनः २१०० अंकको बिन्दुबाट तल झरेको हो ।

बिहीबार नेप्से २२.१२ अंकले गिरावट हुँदा २०९४.५४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमित भएको छ ।

बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बिमा र हाइड्रोपावर उपसूचक २ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधबारको भन्दा केही बढेको छ ।

बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved