पहिलेको सहमतिअनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्छ : अध्यक्ष ओली

नेपालभ्युज

पहिलेको सहमतिअनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्छ : अध्यक्ष ओली
फाइल फोटो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन्। उनले यही विषयको विवादले वर्तमान सरकार संकटमा पर्नेजस्तो आफूलाई नलागेको पनि बताएका छन् ।

राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरूबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् ।

उनले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताउँदै आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ ।

उनले भने, ‘तपाईंहरूले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरूको शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved