माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रविले गृहमन्त्रीमा पार्टीबाट अरुलाई नपठाउने अडान लिए

नेपालभ्युज

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रविले गृहमन्त्रीमा पार्टीबाट अरुलाई नपठाउने अडान लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा पार्टीका अरु कोही नेता नभई आफू नै हुनुपर्ने अडान राखेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले माओवादीको पदाधिकारी बैठकमा यसबारे मंगलबार दिउँसो ब्रिफिङ गरेका हुन् । एक पदाधिकारीका अनुसार बैठकमा प्रचण्डले आफूले पार्टीबाट अन्य उपयुक्त व्यक्ति पठाएमा सोच्न सकिने भने पनि रविले त्यसलाई अश्विकार गरेको जनाएका छन् ।

प्रचण्डले बैठकमा भने, ‘उहाँले आफैलाई गृहमन्त्री बनाउन भन्नुभएको छ । पार्टीका अन्य नेता पनि नपठाउने र आफै हुनुपर्ने उहाँको अडान छ ।’  सर्वोच्च अदालतबाट रविको नागरिकता सम्बन्धि मुद्दाको पूर्णपाठ नआएसम्म आफूले गृहमन्त्रालयबारे कुनै निर्णय नगर्ने प्रचण्डले बैठकमा स्पष्ट पारेका थिए ।

उनले बैठकमा थप भने, ‘अर्को कुनै पात्र पठाउँदा सोच्न सकिने सम्भावना थियो तर रविले त्यसलाई अस्विकार गरिसकेपछि तत्कालका लागि यो च्याप्टर क्लोज भयो ।’

मंगलबार विहान प्रधानमन्त्री प्रचण्ड र रविबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटमा रविले आफूलाई आजै शपथ गराउन आग्रह गरेका थिए । तर प्रधानमन्त्री प्रचण्डले यसबारे पार्टीमा छलफल गर्ने भन्दै टारेका थिए ।

माओवादी पदाधिकारी बैठकले पनि प्रचण्डको भनाई अनुसार नै सर्वोच्चबाट पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रालय प्रधानमन्त्रीले नै राख्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved