काठमाडौंमा ‘डग शो’ हुँदै, २० हजार जित्ने अवसर, अवलोकनकर्तालाई पनि उपहार

कुकुर पारखीहरूलाई लक्षित गर्दै काठमाडौंमा ‘डग शो’ हुने भएको छ। एब्स्ट्रयाक्ट  पेट्सको आयोजनामा माघ २१ गते काठमाडौंको भृकुटीमण्डपमा ‘डग शो २०२३’ हुन लागेको हो।

नेपालभ्युज

काठमाडौंमा ‘डग शो’ हुँदै, २० हजार जित्ने अवसर, अवलोकनकर्तालाई पनि उपहार

काठमाडौं। कुकुर पारखीहरूलाई लक्षित गर्दै काठमाडौंमा ‘डग शो’ हुने भएको छ। एब्स्ट्रयाक्ट  पेट्सको आयोजनामा माघ २१ गते काठमाडौंको भृकुटीमण्डपमा ‘डग शो २०२३’ हुन लागेको हो।

एब्स्ट्रयाक्ट  पेट्सको अध्यक्ष पारस कपालीका अनुसार उक्त शोमा सबै थरिका कुकुरहरूले भाग लिन पाउने छन्। डग शोमा कुकुरलाई भाग लिनको लागि १५०० रुपैयाँ र उक्त शो हेर्नको लागि प्रवेश शुल्क रु २५० लाग्ने अध्यक्ष कपालीले बताए।

शोमा विभिन्न प्रतियोगिता हुने र कुकुरको ब्रीड अनुसार कुकुरको स्ट्याण्डर्ड छुट्टाउन भारतबाट निर्णायकको रूपमा मुम्बईका करण सिंह वालिया आउने छन्।  पपी क्लास, ब्रीड शो र ग्रुप शो गरी ३ विधामा शो गरिने छ।

उनका अनुसार पपी क्लास शोमा पहिलो, दोस्रो र तेस्रो हुने छन् र ब्रीड शोमा वेस्ट अफ ब्रीड र दोस्रो वेस्ट अफ ब्रीडले उपहार पाउनेछन्। त्यस्तै ग्रुप शोमा वेस्ट इन ग्रुप र रिजर्भ वेस्ट इन ग्रुपले उपाधि पाउने छन्। उपाधिको रूपमा ट्रफी, मेडल र गिफ्ट ह्याम्परहरू पाउने छन्। साथै वेस्ट इन शो हुनेले २० हजार नगद उपहार पाउने छन्।

शोमा कम्तिमा पनि १५ सय देखि २ हजारसम्म अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ। अवलोकनकर्ताले पनि ‘लक्की ड्र’ मार्फत विभिन्न पुरस्कारहरू पाउने छन्।

‘डग शो’को शीर्ष प्रायोजकको रूपमा स्मार्टहर्ट, प्रायोजकहरू  हिमालय रिफ्लेक्स ड्रग फुड, मेडीलोजी बायोटेक बोनासिबो डग फुड, फल्फी पव्जलगायत छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved