सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन

नेपालभ्युज

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

शनिबार युवाहरूको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले रवि लामिछानेलाई सुनियोजित रूपमा फसाइएको आरोप लगाएका छन् ।

शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो ।

सर्वोच्चको फैसलापछि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्री पदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved