राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

नेपालभ्युज

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने तय भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।

गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved