टाइगर कप : अविजित रहँदै एपीएफ सेमिफाइनलमा

नेपालभ्युज

टाइगर कप : अविजित रहँदै एपीएफ सेमिफाइनलमा

काठमाडौं। नेपाल एपीएफ क्लब तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफइनलमा पुगेको छ ।

पोखरा रंगशालामा बुधबार भएको महिलातर्फको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो।

यससँगै एपीएफ अपराजित रहँदै सेमिफाइनल पुगेको हो। आर्मीको भने यो पहिलो पराजय हो। एपीएफले आर्मीलाई पहिलो सेटमा २५–२७ पराजित गर्‍यो । दोस्रोमा भने आर्मीले २२–२५ ले जित्न सफल भयो।

एपीएफले आर्मीलाई तेस्रोमा २५–१६ र चौथोमा २५–१५ ले पराजित गरेको हो। बिहीबार हुने सेमिफाइनलमा एपीएफ र गण्डकी तथा आर्मी र न्यु डायमन्ड आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved