गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एकको मृत्यु, ३ जना बिरामी

गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एकको मृत्यु, ३ जना बिरामी
प्रतिकात्मक तस्वीर

सुर्खेत। जुम्लामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एकजनाको मृत्यु भएको छ । तीनजना बिरामी परेका छन् ।

चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाएकामध्ये स्थानीय ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

वर्ष ३८ का तिल रोकाया, वर्ष २८ का टंक रोकाया र वर्ष ३० का पारस धराला बिरामी परेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved